२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बुटवल दविनगरमा ढुंगाले हानेर ठेला व्यवसायीको...
--5532

बुटवल दविनगरमा ढुंगाले हानेर ठेला व्यवसायीको हत्या

बुटवल दविनगरमा ढुंगाले हानेर ठेला व्यवसायीको हत्या

आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • बुटवल । बुटवलमा ठेला व्यवसाय गर्दै आएका एक पुरुषको ढु्ंगाले हानेर हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका– ११ देवीनगरमा ठेला व्यवसाय गर्दै आएका ३५ वर्षीय पुरुषलाई लुटपाट गर्ने क्रममा एक समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार ती व्यक्तिलाई लुटपाट गर्ने क्रममा उक्त समूहले ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।

    हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ । बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा लुटपाट गर्ने उद्देश्यले टाउको लगायतका अंगहरूमा ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    आइतबार बिहान करिब ११ बजे भएको घटनामा संलग्न आरोपमा पक्राउ परेका दुबै व्यक्ति रक्सीको नशामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij