२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • रुपन्देहीको तिलोत्तमा ३ शान्तिकुञ्ज...
--5527

रुपन्देहीको तिलोत्तमा ३ शान्तिकुञ्ज दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

रुपन्देहीको तिलोत्तमा ३ शान्तिकुञ्ज दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

आइतवार, जेठ २८ २०८०
आइतवार, जेठ २८ २०८०
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा शनिवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

    भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।

    बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखांची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।
    घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गाडी अनियन्त्रित भएर सडकको विद्युत् पोलसँगै वालमा ठोक्किएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij