२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा सल्यानले जनएकता अभियान – २०८०...
--5517

नेकपा सल्यानले जनएकता अभियान – २०८० सुरु

नेकपा सल्यानले जनएकता अभियान – २०८० सुरु

शुक्रवार, जेठ २६ २०८०
शुक्रवार, जेठ २६ २०८०
  • हेमन्त प्रकाश ओली,दाङ । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जनएकता अभियान – २०८० सुरु गरेको छ । नेकपा सल्यानले जनताको सुख-दुखको साथी नेपाल कम्युनिस्ट पार्टी भन्ने मुल नाराका साथ जिल्लाव्यापी अभियान सुरु गरेको जनाएको हो ।

    अभियान अन्तर्गत सो पार्टीले कपुरकोट गाउँपालिकाको प्रथम भेला सम्पन्न गरेको छ । हिजो बिहिवार सम्पन्न गाउँपालिकाको प्रथम भेलाले गाउँपालिकाको सेक्रेटरीमा बसन्त सीलाइ निर्वाचित गर्दै ९ सदस्यीय गाउँकमिटी गठन गरेको छ ।

    यस्तै जनएकता अभियान -२०८० अन्तर्गत जिल्लाका सबै पालिकाका भेला/सम्मेलनहरु गर्ने , राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने , ध्रुवीकरणलाइ व्यापक जोड दिने , राष्ट्रघात , भ्रष्टाचार , महंगी र वैदेशिक हस्तक्षेपका विरुद्ध गाउँगाउँमा भण्डाफोर गर्ने लगाएतका कार्यहरु गर्ने नेकपा सल्यानका सचिव मदन सीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij