२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा झापाले सबै पालिकाहरुमा सुझाव पेटीका...
--5501

नेकपा झापाले सबै पालिकाहरुमा सुझाव पेटीका राख्ने

नेकपा झापाले सबै पालिकाहरुमा सुझाव पेटीका राख्ने

सोमवार, जेठ २२ २०८०
सोमवार, जेठ २२ २०८०
  • झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै पालीकाहरुमा सुझाव पेटीका राख्ने भएको छ भने यसअघि सञ्चालनमा रहेको १ महिने अभियान लगायतका विभिन्न संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने भएको छ।

    नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको चौथो पुर्ण बैठकले उक्त अभियानलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला सेक्रेटरी सञ्जय सी ले जानकारी दिए।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला बैठक ले जिल्लामा भैरहेको बेथिति , विसंगति भ्रष्टाचार , बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्धको संघर्ष लगायतका कार्यक्रमलाई निरन्तर जारी राख्ने निर्णय गरेको हो ।

    त्यस्तै उत्पादन र श्रमलाई मुख्य प्राथमिकता राखेको उक्त पार्टीले असार १० गतेदेखि ३० गतेसम्म उत्पादनमुलक क्षेत्रमा श्रम गर्नेछ। पछिल्लो समय विप्लवका नेताकार्यकर्ताले देशभर बाख्रा पालन, माछा पालन विभिन्न सिजनका अन्न बालीहरु आदि उत्पादन गरिरहेका छन्,।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै पालीकामा सुझाव पेटीका समेत राख्ने निर्णय गरेको छ। जनतासँग प्रत्यक्ष जोडिने र जनताको काम गर्न सहज हुने गरि सुझाव पेटीका राख्न लागिएको नेपाल कम्युनिस्ट पार्टी झापाले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij