२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5496

शान्तिका साथी शिक्षकहरु पुरस्कृत

शान्तिका साथी शिक्षकहरु पुरस्कृत

आइतवार, जेठ २१ २०८०
आइतवार, जेठ २१ २०८०
  • तिलोत्तमा, जेठ २१ ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा  योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ । 
    कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन  सफल भएका थिए ।

    शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो । 

    निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले  सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो । 

    पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए ।
    शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij