बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा धार्मिक कर्ममा सहभागि भएपछि उनको सर्वत्र विरोध भएको छ । उनीविरुद्ध कम्युुनिस्ट भएर पनि धार्मिक पुजापाठमा सहभागि भएको भन्दै आलोचना भएको हो ।
उनको आलोचना गर्नेहरुमा उनी सम्बद्ध नेता कार्यकर्ताहरु समेत रहेका छन् । माओवादी केन्द्रका नेता एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले गेरुवस्त्र लगाएर योजनाबद्ध पुजापाठ गर्नु, वर माग्नु, दान चढाउनु र पुजारीको पाउ समातेर पुण्य प्राप्त गरेको ठान्नु सामान्य धार्मिक कुटनैतिक बिषय नभएको भौतिकवादी दृष्टिकोणको टाट पल्टाइ भएको बताएका छन् । उनले मोदीले कम्युनिस्ट नेताहरुलाई नांगै बनाएको देख्दा जिन्दगीमा सबैभन्दा नरमाइलो लागेको बताएका छन् ।
लेखिका एवं कवि सरिता तिवारीले छविलाल दाहालको ज्यान वा दिमागमा अब प्रचण्ड खोज्न नहुने बताएकी छन् । उनले अलि जिद्दी गरेरै खोजे कहिलेकाहीँ प्रचण्डको प्रेत बौरिएर बर्बराउन थाल्छ तर स्वयं प्रचण्ड नबौरिने बताएकी छन् । प्रचण्डको यस्तो गेरुवस्त्र लगाएर यो हदको स्खलन हेर्न नसकिने दृश्य भएको लेखिका सुमिनाले बताएकी छिन् । उनले प्रचण्डको यो घटनाले उनको सैद्धान्तिक अवसान भएको बताएकी छन् ।
तर प्रचण्डको धर्मभीरु धारण नयाँ होइन, केही बर्ष अगाडी उनले भैसी पुजा गरेर पुण्य गरेका थिए । त्यसो त प्रचण्ड मात्रै होइन, आफुलाई कम्युनिस्ट भन्ने प्राय सबैले धार्मिक पुजापाठ गर्दै आएका छन् । धार्मिक अन्धता अज्ञानता मात्रै नभएर राजनीतिक विचलनको पराकाष्ठा समेत हो ।
