२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • महासचिव विप्लवद्धारा बाँके जिल्ला पार्टीको कार्यालय...
--5483

महासचिव विप्लवद्धारा बाँके जिल्ला पार्टीको कार्यालय उद्घाटन

महासचिव विप्लवद्धारा बाँके जिल्ला पार्टीको कार्यालय उद्घाटन

शुक्रवार, जेठ १९ २०८०
शुक्रवार, जेठ १९ २०८०
  • बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले पार्टीको जिल्ला कार्यालय कोहलपुरमा स्थापना गरेको छ । विहिवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कोहलपुरको वसपार्कमा कार्यालयको औपचारिक उद्घाटन गर्दै स्थापना गरेका छन्।

    नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति बाँके लेखिएको र कपडाले ढाकिएको मुख्य वोर्डलाई महासचिव विप्लवले धागो काटेर वोर्ड वाहिर राखिएको कपडा हटाई उद्घाटन गरेका हुन् ।

    कार्यालयको औपचारिक स्थापनाले जनतासंगको सम्वन्ध प्रगाड हुने र पार्टी जनतासंग गहिरो सम्वन्धमा जोडिने नेकपा बाँकेका इन्चार्ज रणदिप सीले बताए ।

    कार्यालयको उद्घाटन पछि नेकपाका महासचिव विप्लवले पार्टी कार्यालयको स्थापना गरेकोमा धन्यवाद दिर्दै जनताको हृदयको पार्टी भएर काम गर्न कार्यकर्तालाई निर्देशन  दिए ।

    पार्टी कार्यालयको स्थापनाको उद्घाटनमा जिल्ला स्थिति नेता,कार्यकर्ता शुभचिन्तक जनता,सहिद परिवार लगायतको भव्य उस्थिति रहेको थियो । सो अवसरमा नेकपाका महासचिव विप्लवलाई सहिद परिवार सहित जिल्ला पार्टीले भव्य स्वागत गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij