२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • कपिलवस्तु र लुम्बिनी भारतबाट जोगाउन...
--5476

कपिलवस्तु र लुम्बिनी भारतबाट जोगाउन लड्नुपर्ने नेकपाका नेता आदर्शको आव्हान

कपिलवस्तु र लुम्बिनी भारतबाट जोगाउन लड्नुपर्ने नेकपाका नेता आदर्शको आव्हान

बिहिवार, जेठ १८ २०८०
बिहिवार, जेठ १८ २०८०
  • रोल्पा ।  भारतको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखेको नक्सा सार्बजनिक भएपछी नेकपाका नेता तथा कार्यकर्ताहरु बिरोधमा उत्रिएका छन । उक्त घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सीले कपिलवस्तु र लुम्बिनीलाई भारतबाट जोगाउन लड्नुपर्ने बताएका छन ।

    आदर्शले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भन्दै भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राख्दै हाम्रो देश नेपाल माथिको अतिक्रमणकारी नाङ्गो हस्तक्षेप स्वाभिमानी नेपालीहरुका लागि स्वीकार्य नहुने बताएका छन् ।

    देशको स्वाभिमान माथिको ठाडो हस्तक्षेपका बिरुद्द लड्न आव्हान गर्दै, यस्तो अतिक्रमणकारी भारतिय कदमका सामु नेपाल सरकार कुनै पनी हालतमा नझुक्न अपिल समेत गरेका छन् ।
    मोदी सरकारले हाम्रो भुमी सहितको नक्सा सार्बजनिक गरेकै भोलि पल्ट (आज बिहान) नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई मैत्रीपुर्ण भ्रमणका लागि भारत आमन्त्रित गरिनु मोदिको नेपाली प्रतिको हेपाहा प्रवृदी भएको जिकिर गरेका छन् भने यस्तो समयमा प्रचण्ड भारत भ्रमणमा रहनु प्रधानमन्त्रीको स्वाभिमानमाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

    रोजगारको सिलसिलामा भारतमा रहने नेपालीहरु पनि अब भारतिय अतिक्रमणका बिरुद्ध लड्न स्वदेश फर्किन आग्रह गरेका छन । ३ करोड नेपालीहरु राष्ट्र र राष्ट्रियताको लागि लड्न तयार हुनुपर्ने र नेपालका सुरक्षा कर्मीहरुले नेपाली भुमि जोगाउन जनतासंगै मिलेर लड्नुपर्ने बताएका छन् ।

    त्यस्तै नेपाली युवाहरु भारतीय सेनामा भर्ती नहुन अनुरोध गर्दै, अब एकपटक आफ्नो स्वाभिमान जोगाउन भारतिय हस्तक्षेपका बिरुद्द लड्न तयार हौं भन्दै तयार हुन आग्रह गरेका छन्
     ।
    यता नेकपा महासचिव विप्लवले एक बिज्ञप्ति जारीगर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण  भएको जनाएका छन । नेपाली भुमिलाई आफ्नो नक्सामा राख्नु मोदी सरकारको अतिक्रमणकारी चिन्तन भएको बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij