२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनप्रति...
--5474

मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनप्रति नेकपाको घोर निन्दा

मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनप्रति नेकपाको घोर निन्दा

बुधवार, जेठ १७ २०८०
बुधवार, जेठ १७ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीले भारतको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिरोध जनाएको छ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा बुधबार जारी प्रेस विज्ञप्ती मार्फत उक्त निर्णयको बिरोध गर्दै मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज भएको बताएको हो।

    महासचिव विप्लवद्वारा जारी  विज्ञप्तीमा नेपाल कम्युनिस्ट पार्टी यसप्रकारको भारतीय रबैयाको घोर निन्दा र भर्त्सना गर्दछ भनिएको छ।

    त्यस्तै विज्ञप्तीमा “भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ” समेत भनिएको छ।

    यस्तो छ विज्ञप्तीको पुर्णपाठ:

    “हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकशण भएको छ । नेपाली भुमिलाई आफ्नो देशको नक्सामा राख्ने मोदी सरकारको यो कार्य हस्क्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज हो । हाम्रो पार्टी यसप्रकारको भारतीय साम्राज्यवादी रबैयाको घोर निन्दा र कडा भर्त्सना गर्दछ । भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij