बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले भारतको नयाँ संसद भवनमा नेपालको लुम्बिनी र कपिलवस्तु समावेश गरेर तथाकथित अखण्ड भारतको नक्सा टाँगिएको नक्साको विषयमा नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
भारतको उक्त कार्यप्रति घोर निन्दा एवं भत्सना गरेको छ। नेपालको कपिलवस्तु र लुम्बिनी भारतीय संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिएको नक्साको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको छ।
बुधबार नेपाल कम्युनिस्ट पार्टी रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सी द्वारा एक विज्ञप्ती जारी गर्दै नेकपा रुपन्देहीले यस्तो बताएको हो।
सेक्रेटरी वीरेन्द्र सीद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपालको भुभाग भारतको नक्सामा राख्ने घृणित कार्य बन्द गर्न र भारतीय दादागिरी विरुद्ध उत्रन समेत आह्वान गरिएको छ।
यस्तो छ विज्ञप्तीको पुर्णपाठ:

