२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • चितवनको ईच्छाकामना ५ पानीधारामा बस...
--5470

चितवनको ईच्छाकामना ५ पानीधारामा बस पल्टिँदा २१ जना घाइते

चितवनको ईच्छाकामना ५ पानीधारामा बस पल्टिँदा २१ जना घाइते

मंगलवार, जेठ १६ २०८०
मंगलवार, जेठ १६ २०८०
  • बुटवल । काठमाडौंबाट पोखरा जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन्। 

    चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा ग १ ख ७७०१ नम्बरको बस पल्टिएको हो।

    बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। १७ जनाको पुरानो मेडिकल कलेजमा, एक जनाको चितवन मेडिकल कलेज र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    बसका चालक तनहुँको भिमाद- २ बस्ने २५ वर्षीय लेखबहादुर थापा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनदेखि एक किलोमिटर पर पर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij