२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • अनेम संघ (क्रान्तिकारी) रुपन्देहीको तेस्रो जिल्ला...
--5463

अनेम संघ (क्रान्तिकारी) रुपन्देहीको तेस्रो जिल्ला भेला सम्पन्न , अध्यक्षमा देवी भट्टराई चयन 

अनेम संघ (क्रान्तिकारी) रुपन्देहीको तेस्रो जिल्ला भेला सम्पन्न , अध्यक्षमा देवी भट्टराई चयन 

आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • रामकृष्ण शर्मा, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीको तेस्रो जिल्ला भेला शनिबार बुटवलमा सप्पन्न भएको छ ।
    बुटवल उपमहानगरपालिकाको पुरानो कार्यालयको सभाहलमा सम्पन्न उक्त जिल्ला सम्मेलनले देवी भट्टराईको नेतृत्वमा १९ सदस्य जिल्ला कमिटी चयन गरिएको छ । जसमा उपाध्यक्ष लक्ष्मी घिमिरे ,सचिव लक्ष्मी थापा ,सहसचिव कमला थापा ,कोषाध्यक्ष जायरा बान चयन हुनुभएको छ ।

    प्रगतिशील साहित्यकार तथा जनपत्रकार कृष्ण सेन इच्छुकको स्मृति अर्थात सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारेर  सम्मेलन आयोजना गरिएको थियोे ।
    उक्त भेलालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष बन्धु चन्दले महिलाहरुलाई पितृसत्तात्मक समाजले अहिलेसम्म पनि शोषण र दमन गरिरहेको बताउनुभयो । संसारको आधा भन्दा बढी आकाश ढाक्ने महिलाहरु आफै संगठित भएर अधिकारको लागि लड्न तयार रहनुपर्ने बताउनुभयो ।जनयुद्धमा महिलाहरुकै संलग्नताले अहिले संविधानमा तेत्तीस प्रतिशत अधिकार सुनिश्चित गर्न सफल भएको बताउनु हुदै संगठनलाई गाउँ गाउँ सम्म पुराउन आग्रह गर्नुभयो । राजनीतिले मात्र समाज रुपान्तरण हुने बताउनु हुदै सबै महिला दिदिबहिनीहरुलाई राजनीतिमा लाग्न र संघर्ष गर्न आग्रह गर्नुभयो ।

    यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सीले आफ्नो थप अधिकारको लागि आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तीमा लाग्न सबै उत्पीडित महिला दिदिबहिनीहरुलाई आग्रह गर्नुभयो ।

    महान जनयुद्धकै कारण महिलाहरुले थोरै भए पनि अधिकार पाएको स्मरण गर्दै इन्चार्ज शरदले अझै पनि धेरै महिलाहरु शोषण र दमनमा रहेको बताउनु भयो । महिलाहरुको सहभागीता बिना कुनै पनि आन्दोलन सफल नभएको बताउनु हुदै गाउँ गाउँबाट महिलाहरु एकजुट हुन आह्वान गर्नुभयो ।

    महिला दिदिबहिनीहरुलाई  मिटर ब्याजी  तथा लघु बित्तहरुले दुस्ख दिइरहेको बताउनु हुदै प्रतिरोध गर्न आग्रह समेत गर्नु भयो । अहिले दलाल संसदीय व्यवस्थामा भ्रष्टाचारका  काण्डै काण्डहरु रहेको बताउनु हुदै यस व्यवस्थाको अन्त गरि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन पार्टी लागिरहेको स्पष्ट पार्नु भयो । अब नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देशभक्त कम्युनिस्टहरुको एकता हुने बताउनु हुदै साम्राज्यवादीहरु  सँग लडन मोर्चा निर्माण गरिरहेको बताउनुभयो ।

     यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही सेक्रेटरी विरेन्द्र सीले महिलाहरु माथि हुने चरम शोषण र दमनको बिरुद्ध महिलाहरुले नै संघर्ष गरेर मुलुक यहाँसम्म आईपुगेको बताउनुभयो । समाज रुपान्तरणको आन्दोलनको समेत नेतृत्व गर्न महिला दिदिबहिनीहरुलाई  आग्रह गर्दै आम उत्पीडित वर्गको पक्षमा पार्टीले संघर्ष गरिरहने बताउनुभयो ।

    भेलालाई   बर्षा सी ,नवीन सी जया सी जानकी सी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । भेला देवि सीको अध्यक्षता लक्ष्मी सीको स्वागत मनतव्य र  बिहानी सीको सञ्चालनमा भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij