२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5459

नेकपा पोलिटब्युरोको बैठक शुरु

नेकपा पोलिटब्युरोको बैठक शुरु

बुधवार, जेठ १० २०८०
बुधवार, जेठ १० २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठक शुरु भएको छ। महासचिव विप्लवको अध्यक्षतामा नेकपाको केन्द्रिय कार्यालय कपिलवस्तुमा पोलिटब्युरो बैठक शुरुआत भएको हो।

    बुधबारबाट शुरु भएको बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत १० पृष्ठ लामो लिखित दस्तावेज र त्यस अन्तर्गत १० ओटा एजेन्डामा छलफल हुने र देशको संकट, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणबारे नेकपाले बिशेष निर्णय गर्ने अपेक्षा समेत गरिएको छ।
     

    ३२ सदस्यीय पोलिटब्युरो बैठकले भोलिबाट शुरु हुने केन्द्रिय समितिको पुर्ण बैठकको लागि आबश्यक गृहकार्य गर्ने र केहि समय अघि नेपाल कम्युनिस्ट पार्टी , कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टी र लक्ष्मण वर्देवा नेतृत्वको श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भईसकेकोले यो बैठकलाई एकताको बैठकको रूपमा लिने बुझिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij