२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा महासचिव विप्लव र राष्ट्रिय एकता...
--5457

नेकपा महासचिव विप्लव र राष्ट्रिय एकता अभियानका नेता राधेश्याम गुप्ताबिच भेटवार्ता

नेकपा महासचिव विप्लव र राष्ट्रिय एकता अभियानका नेता राधेश्याम गुप्ताबिच भेटवार्ता

मंगलवार, जेठ ९ २०८०
मंगलवार, जेठ ९ २०८०
  • बुटवल ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताबीच भेटवार्ता भएको छ। मुलुकको समसामयीक परिस्थिति, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणका बिषयमा भेटवार्ताका क्रममा कुराकानी भयको हो।

    देशको अर्थिक, सामाजिक, राजनीतिक संकट, बढ्दो बाह्य हस्तक्षेपबाट निकासका लागि कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरु बिच एकता, सहकार्य र मोर्चा निर्माणको आवश्यकता परिरहेको वेला महासचिव विप्लव र गुप्ताबिच भेटवार्ता भएको हो।

    भेटवार्ताको क्रममा मुलुकको समसामयिक स्थितिका साथै कम्युनिस्ट आन्दोलनका साझा बिषयमा सहकार्य गर्दै जाने र एकता र ध्रुविकरणलाई थप उचाइमा उठाउन अन्तरकृया, छलफल र बिचारधारात्मक बहसलाई निरन्तरता दिनेबारे कुराकानी भएको बुझिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij