२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बझाङमा हिम पहिरोमा परि एकको मृत्यु,...
--5448

बझाङमा हिम पहिरोमा परि एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता

बझाङमा हिम पहिरोमा परि एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता

आइतवार, जेठ ७ २०८०
आइतवार, जेठ ७ २०८०
  • बुटवल । बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

     हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको, अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

    जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए ।

     उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको अन्य २ जना घाइते र अन्यको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । उनीहरुबारे विस्तृत विवरण अझै आउन नसकेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij