बुटवल । नेकपाविरुद्ध अनर्गल प्रचार गर्दै आएका पाल्पाका मुक्ति गैरेलाई रुपन्देहीका व्यवसायीहरुलाई धम्काएर गुण्डाशैलीमा चन्दा उठाएको र आर्थिक अराजकता मच्चाएपछि ३ दिनको अल्टिमेटम दिएको छ ।
नेकपाले कारवाही गरेपछि बनेको धर्मेन्द्र समूहका पाल्पा संयोजक समेत रहेको भनिएका मुक्ति गैरेलाई उक्त समूहको रुपन्देही जिल्ला कार्यालयमा उपस्थित हुन अल्टिमेटम दिएको हो । उक्त समूहका प्रवेश र विजयले शनिबार संयुक्त वक्तव्य जारी गर्दै गैरेलाई कार्यालयमा उपस्थित नभए थप कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
गैरेले रुपन्देहीका व्यवसायी र शैक्षिक संस्थाहरुलाई धम्कीपूर्ण तरिकाले आर्थिक उठाएको र होटलमा बसी जाँडरक्सी खाँदै हिडेको वक्तव्यमा उल्लेख रहेको छ ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको बेला समेत गैरेमाथि प्रहरीसामु आत्मसमर्पण गरेको र महिला सहयोद्धालाई यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पार्टीले कारवाही समेत गरेको थियो । गैरेले आफुलाई 'पत्रकार' समेत बताउदै आएका थिए । उनको हर्कतविरुद्ध वक्तव्य जारी भएपछि उनको सर्वत्र आलोचना भएको छ ।
नेकपाको १२ औं केन्द्रीय समितिको बैठकपछि धर्मेन्द्र सुदर्शन समूहलाई नेकपाले कारवाही गरेपछि पाल्पाबाट उनी एक्लै उक्त समूहमा लागेका थिए । गैरेले नेकपाविरुद्ध सामाजिक सञ्जालमा अनर्गल झुठा प्रचार गर्दै अतिरञ्जित गर्दै आएका थिए । गैरे प्रवृत्तिले आक्रान्त धर्मेन्द्र समूह अहिले एकबर्ष नपुग्दै विघटन भइसकेको छ ।
यस्तो छ वक्तव्य

