२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  •  नेकपा रुपन्देही ३ नम्बर कमाण्डद्धारा खबरदारी...
--5441

 नेकपा रुपन्देही ३ नम्बर कमाण्डद्धारा खबरदारी कार्यक्रम 

 नेकपा रुपन्देही ३ नम्बर कमाण्डद्धारा खबरदारी कार्यक्रम 

बिहिवार, जेठ ४ २०८०
बिहिवार, जेठ ४ २०८०

  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही ३ नम्बर कमाण्डले भुटानी शरणार्थी प्रकरणका दोषिलाई कार्वाहीका लागि खबरदारी कार्यक्रम देवदहको खैरेनि बजारमा सम्पन्न गरेको छ ।

    खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला नेता तथा ३ नम्बर कमाण्ड इन्चार्ज बिज्ञान सीले संसदवादी दलभित्रका दलालहरुले मानव तस्करहरुले नेपाली नागरिकलाई बिदेशमा बेचिरहेका छन् यी दलालहरुका विरुद्ध नेपाली जनता एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

    उनले कम्युनिस्ट आन्दोलनबाट आएका नेताहरुले जनताका हकहितका लागि लड्न छोडेर मानव तस्करमा लागिरहेको र यो कार्य  निकै निन्दनीय भएको बताए । 
     खबरदारी कार्यक्रममा  नेकपाका जिल्ला नेता तथा थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालका जिल्ला अध्यक्ष जसवन्त सीले नेपाली नागरिकलाई नक्कली  भुटानी शरणार्थी बनाएर तस्करी गर्ने दलाल तस्करहरुलाई कडा कार्वाही गर्नुपर्ने बताए । 

    कार्यक्रममा नेकपाका जिल्ला नेता शिशिर सी ,राजु सी, विष्णु सी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन देवदह नगर इन्चार्ज मुक्ति सीले गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij