सुर्य सी,मकवानपुर । आज डिवि सीको गैरन्यायिक गिरफ्तारको विरुद्ध मकवानपुरमा विरोध कार्यक्रम भएको छ । कार्यक्रम अखिल (क्रान्तिकारी) मकवानपुरले गरेको हो । झुट्टा मुद्दामा सोह्रखुट्टे हिरासतमा राखिएका डिवि सीको रिहाइको माग गर्दै गरेको विरोध कार्यक्रममा भ्रष्टाचारी, दलाल, शैक्षिक माफिया लगायतलाई खबरदारी पनि गरेको छ ।
संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिइभिटी व्युरो इन्चार्ज डिवि सीलाई गत जेष्ठ १ गते ५९ औं विद्यार्थी दिवसको कार्यक्रम स्थल राष्ट्रिय नाचघर जमलबाट प्रहरीले कृति आर्थिक मुद्दा बनाई षड्यन्त्रपूर्ण ढंगले झुट्टामुद्दामा गिरफ्तार गरि सोह्रखुट्टे हिरासतमा राखिएको छ । विद्यार्थी दिवसको कार्यक्रमबाटै डिवि सीलाई गुण्डागर्दी शैलिमा प्रहरीले गरेको गिरफ्तारीको विरोध गर्दै अखिल (क्रान्तिकारी)मकवानपुरले तत्काल उनको रिहाइको माग गरेको छ ।
कार्यक्रमको सम्बोधन गर्दै अखिल )क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीले विनाकारण झुट्टामुद्धामा समातेर हिरासतमा राखिएका डिवि सी तत्काल रिहाई गर्न माग गरेका छन् । यदि सरकारले उनको रिहाईमा ढिलासुस्ती भएमा अखिल (क्रान्तिकारी)थप संघर्षमा जान बाध्य हुने र त्यसको जिम्मेवारी सरकार आफै हुनुपर्ने चेतावनी पनि दिएका छन् ।
त्यस्तै विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीले विनाकारण प्रहरीले डिवि सीलाई गिरफ्तार गर्नु संगठन माथिको अपहेलना भएको बताए । उनले भने अखिल (क्रान्तिकारी) आफ्नो स्थापना कालदेखी नै विभिन्न बलिदानीपुर्ण संघर्षको मैदानबाट उदाउँदै आएको छ । लामो संघर्षको बिचबाट गौरवपूर्ण इतिहास रच्दै आएको अखिल (क्रान्तिकारी) माथी भएको प्रहरीको नाङ्गो हस्तक्षेप असह्य भएको भन्दै गिरफ्तार गरिएको डिवि सीलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् ।
साथै उनले समग्र विद्यार्थीहरुको हकहित र अधिकारका लागि आवाज उठाउने, देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिन तयार भएका युवा विद्यार्थीलाई गिरफ्तार गर्नुको साटो भ्रष्टाचारी, दलाली, शैक्षिक माफिया, बलात्कारी, हत्यारा जस्तालाई गिरफ्तार गरि दण्ड सजाय दिन चुनौती दिएका छन् । साथै ती भ्रष्टाचारी, दलाली, शैक्षिक व्यापारी लगायतकालाई अखिल (क्रान्तिकारी)बाट सचेत रहन खबरदारी समेत गरेका छन् ।
यसरी मकवानपुर बहुमुखी क्याम्पस अगाडि भएको विरोध कार्यक्रमलाई संगठनका सहसचिव तथा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सहसचिव सुबास सीले गरेका हुन् ।
ध्चष्तभ तय सुर्य सी
