२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीले गर्‍यो सैनामैनामा खबरदारी कार्यक्रम...
--5429

नेकपा रुपन्देहीले गर्‍यो सैनामैनामा खबरदारी कार्यक्रम

नेकपा रुपन्देहीले गर्‍यो सैनामैनामा खबरदारी कार्यक्रम

मंगलवार, जेठ २ २०८०
मंगलवार, जेठ २ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले  भुटानी शरणार्थी प्रकरणका दोषिलाई कडा कार्वाहीको माग सहित १ नम्बर कमाण्ड सैनामैनाको बुद्धनगरमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपाका जिल्ला सदस्य तथा १ नम्बर कमाण्ड इन्चार्ज रोमियो सीले नेपालका ठुला पार्टीहरु जनताको खुन पसिना चुसेर संसदीय व्यवस्थामा राज गरेको बताए ।

    उनले जनता र परिवर्तनको पक्षमा बोल्ने आवाजहरुमा प्रतिबन्ध लगाइ बन्दुक तेर्साउनुभन्दा देश बिक्रिगर्ने दलालहरुतिर बन्दुक तर्साउनुपर्ने भन्दै यस्ता देश र जनता बिक्रि गर्ने दलालहरुलाई आजिवन जेल चलान गर्नुपर्ने बताए । 

    कार्यक्रममा नेकपाका जिल्ला नेता खगेन्द्र सीले  कथित गणतन्त्र भन्ने दलाल संसदीय व्यवस्थाले संविधानमा व्यवस्था गरेको कुरालाई पनि जनतालाई राहत दिन नसकेको बताए । उनले हिजो देखि दलाल  गर्दै आउने  मानव तस्करहरुले जनतालाई नै बेचविखन गर्ने नेपाली जनतालाई नक्कली रुपमा मानव तस्कर अगाडी आएको भन्दै जनताकामाझ आएका दलाल र तस्करहरुलाई सबै जतना एकजुट भई मानव तस्करका बिरुद्ध लड्नुपर्ने बताए ।

    कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नविन सी,नेकपाका जिल्ला सेक्रेटरी बिरेन्द्र सी,नेकपाका जिल्ला सदस्यहरु,जनवर्गिय संगठनका नेता कार्यकर्ता र स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।   खबरदारी कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सदस्य सरिता सीले गरेकी थिइन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij