२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • कलेज र विश्वविद्यालयहरु बेरोजगार जम्मा हुने...
--5428

कलेज र विश्वविद्यालयहरु बेरोजगार जम्मा हुने थलो बनाइए : विप्लव

कलेज र विश्वविद्यालयहरु बेरोजगार जम्मा हुने थलो बनाइए : विप्लव

सोमवार, जेठ १ २०८०
सोमवार, जेठ १ २०८०
  •  काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशका कलेज र विश्वविद्यालयहरु बेरोजगारहरु जम्मा गरिने थलो जस्तो भएको बताएका छन।५९ औं विद्यार्थी दिवसको अवसरमा काठमाडौको जमलस्थित रास्ट्रीय नाचघरमा आयोजित "विद्यार्थी दिवस र अबको बाटो बिषयक कार्यक्रम"लाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन ।

    "कलेज र विश्वविद्यालयहरु बेरोजगार जम्मा हुने थलो जस्तो भए यो कुनै व्यक्ति र पार्टीका कारणले मात्रै होइन व्यवस्थाको कारणले हो -उनले भने -शिक्षालाइ यो ब्यवस्थाले बजारको बिषय बनायो, बजारले नाफा- घाटा मात्रै हेर्छ जनता र देश हेर्दैन।देशलाई आजको संकटबाट निकास दिन विद्यार्थी आन्दोलनबाट गङ्गालाल र चिनियाँमान काजीको माग भैरहेकछ।"

    मुलुकमा विद्यमान अर्थराजनीतिक संकटको कारण उत्पन्न बेरोजगारी र त्यसका विभिन्न रुपहरु मध्ये शैक्षिक बेरोजगारीको समस्या प्रमुख चुनौती बनिरहेको बेला चार विद्यार्थी संगठनद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा देशको समसामयिक परिस्थिति र विद्यार्थी आन्दोलनको त्याग , बलिदान र उदेश्य तर्फ स्मरण गर्दै महासचिव विप्लवले अखिलको आन्दोलन भनेको फासिमा लट्किदा समेत जीवन दिने योद्दाहरुको आन्दोलन हो, साहसी र देशभक्तहरुको आन्दोलन हो ,अखिलको आन्दोलन भनेको गङ्गालाल ,चिनियामान काजी देखि तमाम वीरङ्गनाहरुको रक्तरञ्जित आन्दोलनको इतिहास भएको बताए।

    अहिलेको संकट र संसदीय प्रणालीको असफलता तर्फ संकेत गर्दै महासचिव विप्लवले "अहिले केहि न केहि परिवर्तन अवश्य भएको छ तर हाम्रो आन्दोलन , भावना र आवश्यकता अनुसार व्यवस्था परिवर्तन हुन सकेको छैन,हामीले संसदीय व्यवस्था भोगिरहेका छौं ,संसदीय व्यवस्था कुनै नयाँ कुरा होइन ,यो त २००७ साल , २०४७ साल हुँदै अहिले सम्म पटकपटक भोगिसकेको प्रणाली हो,यसले देशका आजका मुद्दाहरूलाई सम्बोधन गर्ने सामर्थ्य राख्दैन, त्यसैले अब २१ औं शताब्दी बैज्ञानिक समाजवादको शताब्दी शताब्दी हुनेछ "उनले भने।
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij