बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले भुटानी शरणार्थी प्रकरणका दोषिलाई कडा कार्वाही गर भन्ने नाराका साथ खबरदारी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम जिल्लाका प्रत्येक नगरपालिकाहरुमा पार्टी नगर र पार्टी निकट जनवर्गिय संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गर्ने भएको नेकपाका जिल्ला सेक्रेटरी बिरेन्द्र सीले जानकारी दिएका छन् ।
१) बुटवल,सैनामैना जेठ २ गते श्रमिक समुदाय मोर्चा र मजदुर
२) देवदह,तिलोत्तमा जेठ ४ गते थारु मुक्ति मोर्चा
३) ओमसतिया,रोहिणी,सिद्धार्थनगर जेठ ६ गते विधार्थी र महिला
४) मायादेवि,गैडहवा,लुम्बिनी सांस्कृति नगरपालिका जेठ ८ गते मधेसि मोर्चा
५) सियारी सुद्धोधन,कञ्चन जेठ १० गते युवा संगठन र किसान संगठन
कार्यक्रम निम्न मिति र स्थानमा हुने भएकोले खबरदारी कार्यक्रममा सहभागि हुन नेकपा रुपन्देहीले सम्पुर्ण जनसमुदायलाई अपिल समेत गरेको छ ।
