२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5417

शान्ति नमुनामा अभिभावक भेला

शान्ति नमुनामा अभिभावक भेला

शनिवार, बैशाख ३० २०८०
शनिवार, बैशाख ३० २०८०
  • तिलोत्तमा, वैशाख ३० । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । 
    कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो । 

    कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय प्रशासन,  शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीहरुको शैक्षिक प्रगती हुने भन्दै  विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो । सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिनुभएको थियो ।

    कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले  गर्नुभएको थियो । 
    कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । अभिभावकहरुले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु राख्नुभएको थियो । 
    अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई समेत क्रमशः अभिभावक अभुमुखिकरण कार्यक्रम गर्दै जाने योजना रहेको विद्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij