२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा रुपन्देहीद्धारा संगठन निर्माण तथा विस्तार...
--5416

नेकपा रुपन्देहीद्धारा संगठन निर्माण तथा विस्तार अभियान

नेकपा रुपन्देहीद्धारा संगठन निर्माण तथा विस्तार अभियान

शनिवार, बैशाख ३० २०८०
शनिवार, बैशाख ३० २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले संगठन निर्माण तथा विस्तार अभियान २०८० सञ्चालन गरेको छ । जिल्लालाई ५ कमाण्डमा विभाजन गरि सो अभियान सन्चालन गरेको हो ।  विज्ञान सीको नेतृत्वको ३ नम्बर कमाण्ड अन्तरगत देवदह नगरपालिकाको वार्ड ११ र १२ मा अजय पासीको नेतृत्वमा ७ सदस्य युवा संगठन नेपालको वडा कमिटी  र तिलोत्तमा नगरपालिकाको १६ न.वार्डमा पप्पु संयोजक रहने गरि वार्ड कमिटी त्यसै गरि  माया थापाको संयोजक रहनेगरि ५ सदस्य अनेम संघ क्रान्तिकारीको कमिटी निर्माण गरेको छ ।

    रोकियो सीको नेतृत्वमा रहेको १ नम्बर कमाण्डले बुटवल ११ बुद्धनगरमा सीता सीको अध्यक्षतामा ७ सदस्यीय श्रमिक समुदाय मोर्चाको वडा कमिटी र सैनामैना प्रगतिटोलमा १३ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपालको वडा कमिटी निर्माण गरेको छ । मुकेश सीको नेतृत्वको ५ नम्बर कमाण्डमा विभिन्न जनवर्गिय संगठनका वडा कमिटीहरु निमार्ण गरेको छ । अभियान जिल्लाभरि ससक्त ढंगबाट सन्चालन भएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij