२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • संविधान विपरित शुल्क लिने सामुदायिक विद्यालय...
--5409

संविधान विपरित शुल्क लिने सामुदायिक विद्यालय साधारण माविमा अखिल क्रान्तिकारीको तालाबन्दी

संविधान विपरित शुल्क लिने सामुदायिक विद्यालय साधारण माविमा अखिल क्रान्तिकारीको तालाबन्दी

सोमवार, बैशाख २५ २०८०
सोमवार, बैशाख २५ २०८०
  • कञ्चनपुर , २५ वैशाख  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले संविधानको प्रावधान विरुद्ध गएर चर्को शुल्क लिएको भन्दै एक विद्यालयमा तालाबन्दी गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा न १८ स्थित महेन्द्रनगर मावि (साधारण) मा तालाबन्दी गरेको संगठनका संयोजक अनिल सी ले बताए । 

    संगठनले विद्यालय संग तीनबुँदे माग राख्दै मंगलबार तालाबन्दी गरेको हो । साथै  यो विषयमा सो विद्यालयका प्रधानाध्यापक ललित सिंह साउदले तालाबन्दी भएको कुरा मैले पनि सुनेको तर आफू चाहिँ एउटा बैठकमा बाहिर रहेको बताए । प्रधानाध्यापक साउदले भने ,“ म बाहिर बैठकमा छु विद्यालयमा तालाबन्दी भएको कुरा थाहा पाए तर बाहिर भएका कारण बाँकी जानकारी छैन ।”

    नेपालको संविधान अनुसार शिक्षा माध्यामिक तहसम्म निःशुल्क भनेको छ तर साधारण माविले खुलेयाम शुल्क लिइरहेको उक्त शुल्क खारेज गर्नुपर्ने माग सहित ताला लगाएको संगठनका संयोजक अनिल सी, ले भने ।

    संगठनले तालाबन्दी गर्नुको कारण :

    १। नेपालको संविधान २०७२ को कानुनी प्रावधान अनुसार सामुदायिक तथा सरकारी विद्यालयको कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्ने ठाउँमा कानुन विपरित चर्को शुल्क असुल्ने गरेकोले ।

    २। सरकाले निःशुल्क उपलब्ध गराउने पाठ्यपुस्तक अंग्रेजी माध्यमका नाममा निजि पब्लिकेशनका पाठ्यपुस्तक चर्को मूल्यमा विद्यार्थीलाई खरिद गर्न बाध्य बनाएकोले ।

     ३। पटक पटक विद्यालय प्रशासनलाई अनुरोध गर्दा पनि अटेर गर्ने गरेकोले ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij