२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • गुल्मीको भरेक आधारभूत विद्यालयमा बुक फ्री...
--5408

गुल्मीको भरेक आधारभूत विद्यालयमा बुक फ्री फ्राइडे  

गुल्मीको भरेक आधारभूत विद्यालयमा बुक फ्री फ्राइडे  

शिक्षालाई उत्पादन र श्रमसंग जोड्ने ध्येय 

सोमवार, बैशाख २५ २०८०
सोमवार, बैशाख २५ २०८०
  • वैशाख २४, गुल्मी । गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर २, ग्वादी अन्तर्गत रहेको श्री भरेक आधारभूत विद्यालयले प्रत्येक शुक्रबार बुक फ्री फ्राइडे अर्थात् गुड फ्राइडे कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

    उक्त बुक फ्री फ्राइडेको मुख्य ध्येय विद्यालयमा प्रत्येक शुक्रबार नियमित साप्ताहिक क्रियाकलापसंगै विद्यार्थीहरूको सिर्जनशील ज्ञान( सीप र क्षमताको विकास( श्रमप्रति सम्मान तथा शिक्षालाई उत्पादन र श्रमसित जोड्ने रहेको बताइएको छ ।

    विद्यालय व्यवस्थापन समिति– शिक्षक अभिभावक संघ र सम्पूर्ण अभिभावकहरूको मूल्यांकन–अनुगमन र निरीक्षणमा उक्त बुक फ्री फ्राइडे अर्थात् गुड फ्राइडे कार्यान्वयन गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक श्री संगीत पचभैय्या मगरले बताए । 

    मगरले बुक फ्री फ्राइडेले किताबका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान वा अनुभवमा रूपान्तरण गर्ने( आजको समय र परिवेशसंग प्रतिस्पर्धा गर्न सक्ने सक्षम र सिपमुलक जनशक्ति तयार गर्ने तथा नयाँ नयाँ ज्ञान र सीप निर्माणको अभिवृद्धि गर्ने पनि विश्वास व्यक्त गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij