२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5407

दीप बोर्डिङमा रक्तदान कार्यक्रम सम्पन्न 

दीप बोर्डिङमा रक्तदान कार्यक्रम सम्पन्न 

आइतवार, बैशाख २४ २०८०
आइतवार, बैशाख २४ २०८०
  • पुरुषोत्तम पाण्डेय, बुटवल।  बोर्डिङ स्कुलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल र इन्ट्रयाक्ट क्लब अफ दीप बोर्डिङ हाई स्कुलले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो । 

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेले दीप बोर्डिले सामाजिक सेवाको क्षेत्र र रेडक्रसका गतिविधिमा निरन्तर महत्वपूर्ण कार्य गर्दै आएको र आगामी दिनमा थप नवीन कार्यक्रम गरोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने विशिष्ट अतिथि रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले दीप बोर्डिङले गर्ने हरेक कार्यक्रम नजिकबाट नियालिरहेको र ती कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनका लागि काम गरेको भन्दै इन्ट्रयाक्ट क्लबले थप रचनात्मक काम गर्नुपर्ने बताउनुभयो । 

    विद्यालयका उपप्राचार्य तथा कार्यक्रम संयोजक सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, उपप्राचार्य द्वय ज्ञानु थापा र कलाधर अर्याल,  पूर्व शिक्षक नायक अर्जुनप्रसाद पन्थ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रोहित शाह र सन्दिप बस्यालले सहजीकरण र पुरुषोत्तम पाण्डेयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij