२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा महासचिव विप्लव र कलाकार दिपकराज...
--5406

नेकपा महासचिव विप्लव र कलाकार दिपकराज गिरीबीच भेटघाट

नेकपा महासचिव विप्लव र कलाकार दिपकराज गिरीबीच भेटघाट

आइतवार, बैशाख २४ २०८०
आइतवार, बैशाख २४ २०८०
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र कलाकार दिपकराज गिरीबिच भेटघाट भएको छ।देशको समसामयिक स्थितिबारे एकआपसमा सुझाव आदनप्रदान गर्न बुद्दनगरस्थित नेकपाको कार्यालयमा आइतबार नेकपा महासचिव विप्लव र गिरी बिच भेटघाट भएको हो।

    भेटघाटको क्रममा देशको राजनीतिक (आर्थिक लगाएत समग्र जनजीवन असहज र संकटग्रस्त बन्दै गएको बेला नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवले उठाउदै आएका मुद्दाहरुलाई इमानदारीतापुर्वक अगाडि बढाउदै देशको हितमा काम गर्न कलाकार गिरिले नेकपा महासचिव विप्लवलाई सुझाव दिएका थिए भने महासचिव विप्लवले नेपालको सामाजिक राजनीतिक क्षेत्रको बेथिति बिरुद्ध बिगतमा झै अझ सशक्त ढङ्गले काम गर्न र देशको संकटसङ्ग जुझ्न नागरिकलाई सुसज्जित गर्न कलाकारको महत्त्वपूर्ण भुमिका हुने बताएका थिए।

    कलाकार दिपकराज गिरी र महासचिव विप्लवबिचको भेटघाटको फोटो सार्वजनिक गर्दै गिरीले( “गैरराजनीतिक भेटघाट तर कुराकानीको केन्द्रविन्दु देश” भनेर आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij