२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा महासचिव विप्लव र रेशम चौधरीबिच...
--5389

नेकपा महासचिव विप्लव र रेशम चौधरीबिच भेटवार्ता

नेकपा महासचिव विप्लव र रेशम चौधरीबिच भेटवार्ता

बुधवार, बैशाख २० २०८०
बुधवार, बैशाख २० २०८०
  • काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबिच भेटघाट भएको छ।बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थ स्थित बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न महासचिव विप्लवले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटघाट गरेका हुन।

    मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले आफुमाथी राज्यले अन्याय गरेको र अहिलेको सत्तामा रहेका राजनीतिक पार्टीहरुको गलत प्रवृत्तिका कारण देश संकटमा फस्दै गएकोले अब नेपाली जनताले सत्तासिन राजनीतिक दलहरुको विकल्प खोज्ने बताएका थिए । भने महासचिव विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएको , नेपाल कम्युनिस्ट पार्टीले उनको रिहाईका लागि पहल गर्ने बताएका थिए।

    भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचका साझा र मिल्ने बिषयमा सहकार्य गरेर जाने सहमति समेत भएको महासचिव विप्लवको सचिवालयले पुष्टि गरेको छ । भेटघाटको क्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी ,केन्द्रिय सदस्यहरु दर्शन सी र अडिग सी समेत सहभागी रहेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij