२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5385

नेकपा धुर्कोटद्धारा विस्नी विकप्रति श्रद्धाञ्जली

नेकपा धुर्कोटद्धारा विस्नी विकप्रति श्रद्धाञ्जली

सोमवार, बैशाख १८ २०८०
सोमवार, बैशाख १८ २०८०
  • गुल्मी । नेकपा धुर्कोट गाउँ कमिटीले दिवंगत विस्नी विकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गाउँ कमिटी इन्चार्ज प्रकास सीले एक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

    वक्तव्यमा धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँको जुम्लादी रालेस्थित पार्टीको धुर्कोट गाउँ कमिटी सदस्य एवं अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) जिल्ला संयोजक कामरेड इन्द्रबहादुर ‘सी’की ९३ बर्षीय आदरणीय आमा विस्नी विकको २०८० बैशाख १२ गते भएको दुःखद् निधनले पार्टीलाई स्तब्ध बनाएको बताएको छ । 

    वक्तव्यमा शोकको यस घडीमा दिवंगत आदरणीय आमा बिस्नी विकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कामरेड इन्द्रबहादुर ‘सी’ एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij