२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • राजनीति
  • नेकपा र श्रमिक जनता पार्टीबीच एकता...
--5374

नेकपा र श्रमिक जनता पार्टीबीच एकता प्रज्ञा भवनमा हुने

नेकपा र श्रमिक जनता पार्टीबीच एकता प्रज्ञा भवनमा हुने

आइतवार, बैशाख १७ २०८०
आइतवार, बैशाख १७ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबिच एकता/ ध्रुवीकरण हुने भएको छ। पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीहरुको बिचमा एकता र ध्रुवीकरणको सिलसिला अगाडि बढ्दै गएको बेला नेकपा र श्रमिक जनता पार्टीबिच भोलि १८ गते एकताको घोषणा हुने भएको हो।

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले दिएको जानकारी अनुसार यो बर्षको अन्तरास्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा दिउँसो १२ बजे घोषणासभा हुने बताएका छन।

    नेपालको स्वाधीनता माथि साम्राज्यवादी हस्तक्षेप तीव्र हुँदै गएर देशको सार्वभौमसत्ता र स्वाधीनता समेत खतरामा पर्न सक्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउने र एकता हुन नसक्ने पार्टीहरुसंग संयुक्त मोर्चा वा कार्यगत एकतामा ल्याउन पहल गर्ने अभिव्यक्ति यस अघि नै दिएका थिए।

    यसै क्रममा बैशाख ९ गते लेनिनजयन्ती तथा नेकपाको स्थापना दिवसको सन्दर्भ पारेर नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा ( माओवादी समाजवादी) एक भईसकेका छन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij