२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा र नेकपा (माओवादी समाजवादी) बीच...
--5373

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता

सोमवार, बैशाख ११ २०८०
सोमवार, बैशाख ११ २०८०
  • बुटवल । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ ।

    १४ बुँदे घोषणापत्र जारी गदै उनीहरुले पार्टी स्थापना दिवसकाे अवसरमा आयोजित जनसभामा दुई पार्टीबिच पार्टी एकता गरेका हुन् ।  

    पार्टी एकतामा पार्टीका सम्पूर्ण कमिटिमा न्यायपूर्ण एकता गरिने बताइएको छ । क्रान्तिकारीहरु बीचको पार्टी एकतालाई निरन्तरता दिने नेकपाले बताएको छ ।

    केही समय अगाडी धर्मेन्द्र समूह कारवाहीमा परेपछि मोहन बैद्य समूहमा प्रवेश गर्ने तयारी गरेको छ । त्यस समूहका अधिकांश कार्यकर्ताहरु नेकपामा फर्किसकेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij