गुल्मी । नेकपा गुल्मीले ७५ औं पार्टी स्थापना दिवस तथा लेनिन जयन्ती मनाएको छ । जिल्लाको धुर्कोटमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य एवं जिल्ला इन्चार्ज सुमन सीले पार्टीले वर्गसंघर्ष र विचारधारात्मक कम्युनिस्ट आन्दोलनको इतिहासलाई अगाडी बढाउदै पुष्पलालले देखेको सपनालाई पुरा गर्ने बताउनुभयो । उहाँले रुसी बोल्सेभिक क्रान्तिमा लेनिनको योगदानबारे चर्चा गर्दै नेपालमा नयाँ अक्टोबर क्रान्ति जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्यद्धय भीषण सी र प्रकाश सी, जिल्ला सदस्यहरु अर्जुन सी, रतन सी, शीतल सी, महिला नेतृ झुपा सीलगायतले पार्टी स्थापना दिवसबारे चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपाले हरेक बर्ष पार्टी स्थापना दिवस मनाउदै आएको छ । काठमाडौंको सभालाई महासचिव विप्लवलगायत अन्य कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको छ ।
