२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • राजनीति
  • नेकपा स्थापना दिवसको अवसरमा बुटवलमा ज्येष्ठ...
--5367

नेकपा स्थापना दिवसको अवसरमा बुटवलमा ज्येष्ठ कम्युनिस्ट सदस्य सम्मान

नेकपा स्थापना दिवसको अवसरमा बुटवलमा ज्येष्ठ कम्युनिस्ट सदस्य सम्मान

मंगलवार, बैशाख ५ २०८०
मंगलवार, बैशाख ५ २०८०
  • बुटवल। नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस भएको ७५ औं बर्ष पुगेको अवसरमा कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सोमबार बुटवलमा एक कार्यक्रम गरी पार्टीले वरिष्ठ लेखक तथा साहित्यकार अधिवक्ता दिल साहनी , वामपन्थी नेता तथा पूर्व सांसद रामचन्द्र भट्टराई , वामपन्थी अग्रज नेताहरु पूर्ण बहादुर थापा र ज्योतिलाल विकलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज वसन्त सी (प्रज्वलन) ले कम्युनिष्ट पार्टी स्थापना गरी अगाडि बढाउने पुष्पलाललगायतका सबै नेताहरूप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

    कम्युनिष्ट आन्दोलन हुँदै जनयुद्धसम्म आइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिष्ट पार्टी, आन्दोलन र विचारको रक्षा गर्न हाम्रा अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै पनि बिर्सने छैनौं भन्दै उहाँले क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिनुभयो । साथे नेता प्रज्जवलनले सम्मानित दिल सहानी , रामचन्द्र भट्टराई ,ज्योतीलाल विक, पूर्ण बहादुर थापालगायतले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका र योगदानको बारे प्रकाश पार्नुभयो ।

    यसैगरी उक्त सम्मान कार्यक्रममा सम्मानित अग्रज साहित्यकार तथा अधिवक्ता दिल सहानीले आँफु सधैंभरि क्रान्तिको पक्षमा निरन्तर कलम चलाइरहने बताउनु भयो । क्रान्तिको पक्षमा सडकमा एकपछि अर्को पार्टी रहिरहनु सुखद पक्ष हो भन्दै उहाँले क्रान्तिकारीहरुको एकता आजको आवश्यकता भएको बताउनु भयो । यस्तै कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराई , सल्लाहकार ज्योतिलाल विक, थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु, जया पौडेललगायतले सम्बोधन गर्नुभएको थियोे । उक्त कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विरेन्द्र सीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij