२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • गुल्मीमा नेकपाद्धारा ज्येष्ठ कम्युनिस्ट सदस्य केसी...
--5365

गुल्मीमा नेकपाद्धारा ज्येष्ठ कम्युनिस्ट सदस्य केसी र अधिकारी सम्मानित

गुल्मीमा नेकपाद्धारा ज्येष्ठ कम्युनिस्ट सदस्य केसी र अधिकारी सम्मानित

मंगलवार, बैशाख ५ २०८०
मंगलवार, बैशाख ५ २०८०
  • गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले दुईजना ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवस अन्तर्गत सप्ताहव्यापी कार्यक्रम तालिका अनुसार सम्मान गरेको हो । 

    सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य एवं पार्टीका जिल्ला सल्लाहकार कर्णबहादुर केसी र सत्यवती गाउँपालिका अस्लेवाचौर निवासी ६५ बर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् । 

    अधिकारी निवासमा आयोजित कार्यक्रममा बोल्दै नेकपा जिल्ला इन्चार्ज सुमन सीले पञ्चायत विरोधी आन्दोलन, महान जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन योगदान गर्ने, नयाँ पुस्तालाई क्रान्तिमा जोड्न प्रेरित गर्ने र सम्पूर्ण जीवन पार्टी र क्रान्तिमा समर्पित गर्ने अग्रजहरु कम्युनिस्ट आन्दोलनको पुँजी भएको बताएका छन् । उनले कम्युनिस्ट आन्दोलनमा समर्पित अग्रजहरुको पार्टीले सम्मान र संरक्षण गर्ने बताए । 

    मदानेस्थित कार्यक्रममा नेकपा सचिवालय सदस्य भीषण सीले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरुलाई पार्टीले सदैव सम्मान गर्ने बताए । सचिवालय सदस्य प्रकाश सी र अर्जुन सीले कम्युनिस्ट आन्दोलनमा जीवन विताएका अग्रजहरुलाई सम्मान गरेर पार्टीले नयाँ संस्कृतिको थालनी गरेको बताए । 

    पार्टीको केन्द्रीय कार्यक्रम र जिल्ला पार्टीको निर्णय अनुसार केसी र अधिकारीलाई नेकपाले सम्मान गरेको हो । उहाँहरुलाई सम्मान पत्र, खादा, दोर्सल्ला र नगदले सम्मान गरिएको नेकपाले बताएको छ । 

    सत्यवती गाउँपालिकामा आयोजित कार्यक्रमको अध्यक्षता गाउँपालिका सेक्रेटरी एवं युवा संगठन नेपाल जिल्ला सदस्य गम्मर सी र सञ्चालन युवा संगठन नेपाल जिल्ला सदस्य रुक सीले गरेका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij