गुल्मी । नयाँ बर्षको २०८० प्रारम्भको अवसरमा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेक सत्यवतीमा आन्तरिक पर्यटकहरुको भीडभाड भएको छ ।
स्थानीय प्रगतिशील समाज क्वाङले फोटो स्टेशन बनाएपछि फोटो खिच्नेहरुको भीडभाड भएको हो । उक्त स्टेशनमा फोटो खिच्नका लागी सत्यवती गाउँपालिकाको लिम्घा, अस्लेवा, रुद्रवेनी, चौर, कालिगण्डकी गाउँपालिकाको फोक्सिङ, भैकोट, बल्दी, सिरेनी, जयखानी, ठूलो लुम्पेकको कुटडाँडा, गेझा, सिंदी, गाउँडाँडा, थुम्का, पल्लोखोला, कुरह, दांसिंगा, रहुँता लगायतका स्थानहरुबाट आएका थिए ।
आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्नका लागी फोटो स्टेशन बनाइएको समाजका अध्यक्ष दिलमाया राहादीले बताइन् । । उक्त फोटो स्टेशन स्थानीय निगालाको बनाइएको, नयाँ बर्षको पहिलो दिन मात्रै करिब एकहजार भन्दा बढीले उक्त स्टेशनमा फोटो खिचेको समाजका सहसचिव विरु राना मगरले बताए ।
नयाँ बर्षको अवसरमा स्थानीय प्रगतिशील समाजले पञ्चेबाजा बजाएर मनोरञ्जन समेत दिएको थियो । पञ्चेबाजामा नाँचेर झुम्मिएका थिए ।
