२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • राजनीति
  • गुल्मीमा युवा संगठन नेपालले वित्तीय ज्यादती...
--5358

गुल्मीमा युवा संगठन नेपालले वित्तीय ज्यादती विरुद्ध संघर्ष गर्ने 

गुल्मीमा युवा संगठन नेपालले वित्तीय ज्यादती विरुद्ध संघर्ष गर्ने 

शुक्रवार, चैत्र २४ २०७९
शुक्रवार, चैत्र २४ २०७९
  • गुल्मी । युवा संगठन नेपाल गुल्मीले जिल्लामा वित्तीय संस्थाको ज्यादती, भ्रष्टाचार र लागुऔषध दुव्र्यसनी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । संगठनको जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    संगठनले स्थानीय निकायमा हुने भ्रष्टाचार, बेरुजु, विकास निर्माण हुने भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता गर्ने, बर्षौदेखि योजनाहरु अलपत्र पार्ने निर्माण व्यवसायी, वन जंगल तस्करी गर्ने, पशुचौपाय तस्करी गर्ने, लागुपदार्थ ओसारपसार गर्ने तस्करहरुमाथि संगठनले संघर्ष गर्ने निर्णय गरेको छ । 

    संगठनले जिल्लामा संगठन विस्तारलाई तीव्रता गर्ने, धु्रवीकरणलाई जोडदिने, गाउँ, नगर, वडाका भेला सम्मेलनहरु गर्ने समेत बताएको छ । बैठकमा नेकपा जिल्ला इन्चार्ज सुमन सी, पार्टी सचिवालय सदस्यहरु भीषण सी, प्रकाश सी, जिल्ला सदस्यहरु अर्जुन सी, रतन सी, प्रवीन सी, संगठनका केन्द्रीय सचिवालय सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज लिला सीलगायत जिल्ला सदस्य संगठनका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

    बैठकमा जिल्ला सदस्यहरुले कार्यक्षेत्रका रिपोर्ट एवं सुझावहरु दिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij