२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
  • राजनीति
  • राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई...
--5352

राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई अपमान गरेका छन् : विप्लव

राज्यको दोहन गर्ने साम्राज्यवादका दलालहरुले जनयुद्धलाई अपमान गरेका छन् : विप्लव

बिहिवार, चैत्र २३ २०७९
बिहिवार, चैत्र २३ २०७९
  • बुटवल । नेकपा महासचिव विप्लवले अहिलेसम्म राज्यसत्तामा बसेर अर्थतन्त्र दोहन गर्ने दलालहरुले दशबर्षे जनयुद्धलाई बदनाम र अपमान गरेका बताएका छन् । महासचिव विप्लवले एपी वान टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै संक्रमणकालीन न्यायका मुद्धाहरुलाई एकपक्षीय माओवादी विरुद्ध उचालेर राज्यको अर्थतन्त्र दोहन गरी मोजमस्ती गरेको बताएका छन् । 

    महासचिव विप्लवले देशमा ठूला ठूला भ्रष्टाचारका मुद्धाहरुलाई लुकाउने र त्यसलाई ओझेलमा पार्ने कुत्सित उद्देश्यका साथ संक्रमणकालीन न्यायका मुद्धालाई उठाएर आफु चोखिन खोजेको बताएका छन् । उनले अहिले संक्रमणकालीन न्यायका लागी दर्ता भएका मुद्दा एक प्रतिशत मात्रै भएको भन्दै राज्यले निर्धन जनतामाथि गरेका क्रुर दमन र विभत्स हत्याहरुबारे मुद्दा लाखौं भएको बताए । उनले राज्यले यसबारेमा निहुँ खोजेर दमन गर्ने उद्देश्य लिएको बताउदै यी सबै खेल साम्राज्यवादी डिजाइनमा भएको बताएका छन् । 

    महासचिव विप्लवले राज्यले हेपेर क्रान्तिकारीहरुलाई दमन गरे विद्रोह गर्ने बताउदै देशलाई कंगाल बनाउने भ्रष्टहरुबारे छानविन गरी उनीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij