विजय बसेल, अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरि १४ जना नेपाल कम्युनिस्ट पार्टिमा प्रवेश गरेका छन् । अर्घाखाँचीको सितगंगा नगरपालिका ११ मौवाबारिमा प्रवेश गरेका हुन् । नेकपा अर्घाखाँचीले ध्रुवीकरण तथा समाहित कार्यक्रम आयोजना गर्दै शनिवार नेता कार्यकर्तालाई स्वागत गरेको हो ।
नवप्रवेशीहरुले सुरुका दिनदेखि जनताको लागि आवाज उठाउँदै आएको र बिचमा पार्टी भित्रका नेताहरुको व्यक्तिगत स्वार्थको लागि गुटबन्दी हुँदै पार्टीलाई झुन्ड बनाएको र आफुले अबलम्बन गरेको पार्टीहरुले जनताको पक्षमा काम नगरेको र सबैलाई पुँजीवादले ग्रस्त पारेको भन्दै जनताको पक्षमा उभिने भनेकै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको बताएउँदै नेकपामा प्रवेश गरेको र सदस्यता लिएको बताएका छन् ।
नवप्रवेशीहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका इन्चार्ज खेम सी (माहुरी) ले टिका तथा अविर लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता क.वुद्दि सी,दिल बहादुर सीको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटनमा नेपाली काङ्ग्रेसमा करिब ३० बर्ष कार्यरत रहेका मान बहादुरलाई पार्टी सदस्य दिएर गरिएको थियो।
कार्यक्रमको संचालन खेमराज सीले गर्नुभएको थियो।
नेपाल कम्युनिस्ट पार्टि प्रवेश गरि सदस्यता लिएकाको नामावली
१) मान बहादुर पल्लि
२) तारा बहादुर नेपाली
३) कमला थापा
४) लक्ष्मि घर्ती
५) कुल बहादुर घर्ती
६) कान्ता नेपाली
७) सरला घर्ती
८) गोमा घर्ती
९) खुमा खनाल
१०) दिपक परियार
११) विष्णु माया परियार
१२) मिना सोमै
१३) रोहित परियार
१४) भिम बहादुर परियार
