बुटवल । नेकपा पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज कामरेड प्रज्वलन सीले जनक्रान्तिका महान सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको इतिहास लेख्नु बाँकी रहेको बताउनुभयो ।
उहाँले वीरजंगको इतिहास लेखनको सुरु भएको भन्दै उहाँका बाँकी बिषयहरु लेखिदै जाने समेत बताउनुभयो ।
उहाँले जनक्रान्तिका सबै योद्धाहरुको इतिहास लेखेर उहाँहरुको सम्मान गर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्यक्रममा सहभागी भएर किताबमाथि समीक्षा गर्ने टिप्प्णीकार, विभिन्न व्यक्तित्वहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
