बुटवल । वरिष्ठ अधिवक्ता एवं साहित्यकार दिल साहनीले कामरेड वीरजंग एक साहसी नेता भएको बताउनुभयो । उहाँले कामरेड वीरजंग, इमान्दार, निष्ठावान, असल, सरल, त्यागी नेता भएको बताउनुभयो । उहाँले स्मृतिमा वीरजंग किताबमाथि चर्चा गर्दै जीवनी र संस्मरणलाई ध्यानदिनुपर्ने बताउनुभयो ।
उहाँले जनयुद्धको नेतृत्व गरेको प्रचण्डले बाटो विगारेको भन्दै त्यसपछिको कम्युनिस्ट आन्दोलनको नेतृत्व कामरेड विप्लवले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रचण्डले संसदबाट एमसीसी पास गरेर गम्भीर गल्ती गरेको बताउनुभयो ।
उहाँले माओवादी जनयुद्ध भारतद्धारा सञ्चालित भनि गरिएको प्रचार गलत भएको बताउनुभयो । उहाँले कामरेड वीरजंग संसदीय व्यवस्थालाई अस्वीकार गर्नुभएको बताउदै निरन्तर क्रान्तिको क्रममा जीवन समर्पित गरेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट पार्टीमा कार्यकर्ता कस्तो बनाउने भन्ने कुरा नेतृत्वले ध्यानदिनुपर्ने बताउदै उहाँले वीरजंग असल नेतृत्वकै कारण क्रान्तिकारी भएर दिवंगत हुनुभएको बताउनुभयो । उहाँले जीवनमा एकपटक मात्रै क्रान्तिकारी हुन नहुने भन्दै वीरजंग जीवनभर क्रान्तिकारी हुनुभएको बताउनुभयो ।
उहाँले मृत्यु पहाड जस्तो गहुंगो र चराको प्वाँखजस्तो हलुको हुने बताउदै कामरेड वीरजंगको मृत्यु पहाडजस्तो गहुंगो भएको बताउनुभयो । जीवनमा निरन्तर संघर्ष गर्दै गएपछि मान्छे सफल हुने बताउदै यो नियम क्रान्तिमा पनि लागु हुने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले वीरजंगको मृत्यु स्वभाविक हो कि अस्वभाविक ? खोजीको बिषय भएको समेत बताउनुभयो । उहाँले सिद्धान्त र व्यवहारलाई जोड्ने मान्छे असल मान्छे हुने भन्दै कामरेड वीरजंग सिद्धान्तकार नभएपनि सिद्धान्तलाई कार्यान्वयन गर्नेमा दृढ हुनुहुन्थ्यो । कामरेड वीरजंग देशभक्त, इमान्दार र क्रान्तिकारी हुनुभएको बताउदै उहाँको जीवनसित जोडिएर प्रकाशित भएको किताब कम्युनिस्ट आन्दोलनको इतिहास भएको बताउनुभयो ।
