बुटवल । वरिष्ठ कवि रामचन्द्र भट्टराईले कामरेड वीरजंग निभेर पनि बलेको बत्ती भएको बताउनुभएको छ । उहाँ महान सहिद भएको भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
कवि भट्टराईले वीरजंग गरिब दुखी जनताको नेताको भएको बताउदै उहाँको इमान्दारिता, क्रान्तिकारिताबाट सबैले सिक्नुपर्ने बताउनुभयो । उहाँले अहिले कम्युनिस्टहरु विभाजित भएको बताउदै यसले दुश्मनको मनोबल बढेको बताएको छ ।
उहाँले कम्युनिस्ट पार्टीमा हुने फुटले चिन्तित बनाएको बताउदै यसले जनतालाई समेत निराशा बनाएको बताउनुभयो । उहाँले देशको राष्टियता, जनतन्त्र र जनजीविकाका लागी कम्युनिस्टहरु एक हुनुपर्ने बताउनु भयो ।
उहाँले कम्युनिस्टको नाउँमा पार्टीहरुभित्र हरियो सर्प भएको बताउदै त्यो क्रान्तिका लागी बिषालु भएको बताउनुभयो । कम्युनिस्टको काँचुलीले बेरिएको हरियो सर्पले क्रान्तिलाई क्षति पुगेको बताउनुभयो ।
