२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • कामरेड वीरजंग जनताका स्वरहरुको अभिव्यक्ति हो...
--5306

कामरेड वीरजंग जनताका स्वरहरुको अभिव्यक्ति हो : ऋषिराम भुसाल

कामरेड वीरजंग जनताका स्वरहरुको अभिव्यक्ति हो : ऋषिराम भुसाल

शनिवार, फाल्गुण २७ २०७९
शनिवार, फाल्गुण २७ २०७९
  • बुटवल । प्राध्यापक एवं साहित्यकार ऋषिराम भुसालले पंचायत विरोधी आन्दोलनका कैयौं क्रान्तिकारी नेताहरु सत्ता र स्वार्थमा डुबेको बताउनुभएको छ । उहाँले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता स्वयं असल चरित्रको हुनुपर्ने बताउदै कामरेड वीरजंग यसको प्रतीक भएको बताउनुभयो । 

    उहाँको सानै युवा अवस्थाबाट पंचायत विरोधी आन्दोलनबाट राजनीतिमा जोडिएको बताउदै बहुदल आएपछि २०४९ को स्थानीय चुनावमा गाविस अध्यक्ष बन्नुभएको स्मरण गर्नुभयो । उहाँले तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले दमन गरेपछि उहाँलाई काम गर्न असहज भएपनि त्यसका विरुद्ध लड्नुभएको बताउनुभयो । 

    उहाँले जनयुद्धमा सेना, राजनीतिक कमिसार र युद्ध र आक्रमणहरुमा जोडिएको चर्चा गर्दै बेनी घटनामा घाइते हुनुभएको स्मरण गर्नुभएको बताउनुभयो । उहाँले कामरेड वीरजंग जेलभित्र रहेर पनि कार्यकर्तालाई भित्र राखेर आफु बाहिर निस्कन नमान्नु उहाँको कम्युनिस्ट चरित्र भएको बताउनुभयो । 

    कम्युनिस्ट रुपमा रुखा र कडा भएपनि सारमा सरल र असल हुने बताउदै कामरेड वीरजंगभित्र त्यो चरित्र रहेको बताउनुभयो । कम्युनिस्ट नेताहरु सबै अभिभावक हुन नसक्ने बताउदै वीरजंग क्रान्तिकारीहरु नेता कार्यकर्ताहरुका लागी अभिभावक भएको बताउनुभयो । 

    वीरजंग यस्तो संगीत हो, जहाँ जनताका स्वरहरुको अभिव्यक्ति हो । उहाँले किताबमाथि टिप्पणी गर्दै किताब श्रद्धाञ्जली किताब जस्तो बनेको बताउनुभएको छ । उहाँले तिथीमितिहरु ध्यान दिनुपर्ने बताउदै किताबमा जीवनीहरुको शृंखला बनाउने र वाम आन्दोलनको किताब बनाउनुपर्ने बताउनुभयो । उहाँले किताब जीवनी मात्रै होइन, समग्र इतिहास बनाउनुपर्ने बताउनुभयो ।  

    फोटो : विनोद खनाल
    भिडियो : श्रीधर ज्ञवाली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij