बुटवल । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले कामरेड वीरजंग कम्युनिस्ट आन्दोलनका इमान्दार नेता भएको बताउनुभएको छ । उहाँले कम्युनिस्ट आन्दोलनभित्र देखिएका समस्याहरुविरुद्ध उहाँ निरन्तर लडिरहेको बताउनुभएको छ । उहाँ कम्युनिस्ट पार्टीमा इमान्दार र क्रान्तिकारी नेता भएको बताउदै अहिले राष्टिय राजनीतिमा देखिएको समस्याहरुले वीरजंगजस्ता नेताहरुको खाँचो रहेको बताउनुभयो ।
उहाँले देशभित्र साम्राज्यवादीहरुको खेल मैदान भइरहेको बताउदै संसदीय दल र नेताहरु त्यसका गोटी भएको बताउनुभयो । उहाँले पार्टीभन्दा माथि उठेर समेत देश बचाउनुपर्ने बताउनुभयो ।
उहाँले देशमा मन्त्री कसलाई बनाउने भन्ने विदेशीले इच्छामा निर्धारण भइरहेको बेला यसका विरुद्ध सबै देशभक्त नेपालीहरु एक हुनुपर्ने बताउनुभयो । उहाँ कम्युनिस्ट पार्टीभित्रको फुट र विभाजन सापेक्षिक हुने बताउदै क्रान्तिकारी पार्टीहरु एक हुनुपर्ने बताउनुभयो ।
Foto : Vinod khanal
