बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सुद्दोधन गाउँपालिको भेला सम्पन्न भएको छ। भेलाले अनुप यादवको नेतृत्वमा सदस्यीय कमिटी चयन गरेको छ।
भेलालाई सम्बोधन गर्दे नेकपाका जिल्ला सदस्य तथा सुद्दोधन सियारी गाउँपालकिा ईन्चार्ज मुकेश सीले नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद भएको भन्दै यसका विकल्प वैज्ञानिक समाजवाद भएको बताए ।
युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष भक्त सीले जनतामाथि अन्याय गर्ने दलाल सत्ताविरुद्ध युवाहरुले संघर्ष गर्ने बताए ।
उनले युवाहरुलाई विदेश जान बाध्य पारेर दलाल राज्यसत्ताले जनतामाथि लुट मच्चाएको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३ जना नेकपामा प्रवेश गरेका छन्। नव प्रवेशीहरुलाई मुकेश सी र भक्त सीले अविर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमको सन्चालन र अध्यक्षता अनुप यादवको रहेको थियो ।

