२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • आठ कम्युनिस्ट पार्टीद्धारा फागुन २८ गते...
--5294

आठ कम्युनिस्ट पार्टीद्धारा फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तरक्रिया गर्ने निर्णय

आठ कम्युनिस्ट पार्टीद्धारा फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तरक्रिया गर्ने निर्णय

शुक्रवार, फाल्गुण २६ २०७९
शुक्रवार, फाल्गुण २६ २०७९
  • बुटवल । माओवादी आन्दोलन सम्बद्ध ८ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । 

    बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा महासचिव विप्लवको सचिवालयको तर्फबाट केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए । 

    फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने ८ कम्युनिस्ट पार्टीहरुको तयारी छ ।
     बैठकमा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, नेसपा, नेकपा माओवादी क्रान्तिकारी,नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए।

     प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।

    यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij