२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • संगठित भएर लड्नुको विकल्प छैन  :...
--5286

संगठित भएर लड्नुको विकल्प छैन  : राजकुमारी

संगठित भएर लड्नुको विकल्प छैन  : राजकुमारी

बिहिवार, फाल्गुण २५ २०७९
बिहिवार, फाल्गुण २५ २०७९
  • बिर्ख ब नेपाली ,फागुन २०७९ सुनसरी । विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, सुनसरीले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

    संघले नारी हिंसा, महंगी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र मिटर ब्याजीको ज्यादती विरुद्ध इटहरीमा विशाल जनप्रदर्शन गरेको छ । मार्च ८ को अवसरमा बुधबार इटहरी उपमहानगरपालिका ५ स्थित ज्योति मा।वि। को प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित संघले सुनसरीको प्रथम जिल्ला सम्मेलन समेत सम्पन्न गरेको छ ।

    पार्टी पोलिट ब्युरो सदस्य दिपेश सी।को प्रमुख अतिथ्यतामा सम्मेलन उदघाटन गरिएको हो । दिपेशले  शुभकामना मन्तव्यका क्रममा सबै किसिमका विभेद विरुद्ध संघर्ष गरेर मात्रै मुक्ति सम्भव रहेको कुरा बताउनु भएको छ ।


    कार्यक्रमका विशेष अतिथि संघका केन्द्रीय महासचिव राजकुमारी सी। ले सबै श्रमिक महिलाहरु संगठित भएर लड्नुको विकल्प नरहेको कुरा स्पष्ट पार्नुभएको छ ।

    पार्टी पोलिट ब्युरो सदस्य सुमन सी।ले मुक्ति आन्दोलनमा सहभागी हुनका निम्ति सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विवश सी। र सुनसरी जिल्ला सेक्रेटरी सुरेश सी।ले स्थानीयस्तरमा भइरहेका महिला हिंसा विरुद्ध सशक्त संघर्षमा उत्रन सबैलाई आग्रह गर्नुभयो ।


    अतिथिहरु श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्यद्वय निशान सी, र जीवन सी त्यसैगरी मोर्चाका केन्द्रीय सदस्य बिर्ख सी, अखिल नेपाल ट्रेड युनियन महासंघ सुनसरीका जिल्ला अध्यक्ष इश्वर सी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो ।

    उद्घाटन समारोहको बीच–बीचमा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रम संघका जिल्ला सचिव प्रमिला सी।को सञ्चालन, जिल्ला अध्यक्ष परिता सी। को अध्यक्षतामा सम्पन्न भएको हो ।


    संघका  जिल्ला सदस्य मञ्जु सी।ले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । सम्मेलनले परिता राइको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति समेत निर्वाचित गरेको छ ।८ मार्चको अवसरमा अनेम संघ क्रान्तिकारी ले देशैभर नारी हिंसा विरुद्ध विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij