२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • वैज्ञानिक समाजवादविना महिला मुक्ति सम्भव छैन...
--5283

वैज्ञानिक समाजवादविना महिला मुक्ति सम्भव छैन : शिलु

वैज्ञानिक समाजवादविना महिला मुक्ति सम्भव छैन : शिलु

बुधवार, फाल्गुण २४ २०७९
बुधवार, फाल्गुण २४ २०७९
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य शिलु सीले वैज्ञानिक समाजवाद विना महिला मुक्ति सम्भव नभएको बताएकि  छन् । सयुत्त महिला संघ सङघर्स समिती द्वारा बुधबार काठमाडौं बानेश्वरमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै यस्तो बताएकि हुन् । उनले भनिन " आजको दिन गौरव दिन हो । तपाई हामिले आजको दिनलाई गौरवको दिनको रुपमा मनाउनु पर्छ ।

    आजकै दिन महिलाले समान ज्यालाकाे लागि बिद्रोह गरेका थिए।आजको दिनमा सामन्तवाद र दलाल पुजीवादका उत्पीडनले आजका नारीहरु जीउँदै जल्नु पर्ने,झुन्डिएर मर्नु पर्ने बध्यता रहेको छ।" नेतृ शिलुले दलाल पुजिवाद्ले महिलालाई सामान बिक्री गर्न बिज्ञापनको साधन रुपमा प्रयोग गरेको छ,लघुबित्त र बित्तिय सस्थाका नाममा महिला माथिको उत्पीडन झन बड्दै गयको छ ।

    धर्मका नाममा महिलाहरु माथी उत्पीडन झनै छ ,महिलाहरु रोजगारिका नाममा बिदेसिनु पर्ने बाध्यता छ यो सबै समस्या दलाल पुजीवादले निम्त्याएको छ त्यसकारण सबै महिला दिदि बहिनी एकजुट भयर दलाल संसदीय ब्यबस्था को अन्तय गरि देशमा बैज्ञानिक समाजवाद स्थापना गरि महिला उत्पीडनको अन्त्य गर्न लाग्न सबैलाई अपिल समेत गरिन । कार्यक्रममा भिविन्न गजल, कविता नृत्य प्रस्तुत गरि सयौं जनसहभागिताको उपस्थितिमा मनाइयको थियो ।

    बन्धु सि को अध्यक्षता सुरु भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी स्थायी सदस्य शिलु सि, अतिथी बन्धु सि , खुमा सि, आस्था सि, रहेको कार्यक्रमको सन्चालन बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकि नेतृ धनकुमारी रिमाल ले गरेकि थिइन ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij