२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा गुल्मीद्धारा सहिद परिवार भेटघाट तथा...
--5280

नेकपा गुल्मीद्धारा सहिद परिवार भेटघाट तथा सम्मान

नेकपा गुल्मीद्धारा सहिद परिवार भेटघाट तथा सम्मान

मंगलवार, फाल्गुण २३ २०७९
मंगलवार, फाल्गुण २३ २०७९
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सहिद सप्ताहको सन्दर्भमा मालिका गाउँपालिकाको वडा नं २ स्थित सिरूखर्क दर्लिङमा जनयुद्धका महान सहिदहरू टेकबहादुर काउछा कमरेड (तुल्सी) र देवबहादुर बिक कमरेड (पर्टेल) को परिवारलाई सम्मान गरेको छ ।

    सहिद परिवार सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी  गुल्मी जिल्ला इन्चार्ज सुमन सीले सहिद तथा वेपत्ताहरुको वलिदान खेर जान नदिने भन्दै सहिद तथा वेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिवाट पुरा गरेरै छोड्ने बताएका छन् ।

    कार्यक्रममा मालिका गाउँपालिका सदस्य कृष्ण सीले सहिदहरुको बलिदानको धज्जी उडाउने काम भएको भन्दै सहिदको सपना माथि होली खेल्ने संसदवादी फटाहाहरुलाई जनताले कारबाही गर्नुपर्ने बताए ।

    कार्यक्रम मालिका गाउँपालिका ईन्चार्ज सुर्य सीको अध्यक्षता र नेकपाका जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पूर्वी लुम्विनी ब्युरो इन्चार्ज विनोद सीको सञ्चालनमा भएको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij