२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • लम्कीमा संचालित ४ दिने जनपत्रकारिता तालिम...
--5279

लम्कीमा संचालित ४ दिने जनपत्रकारिता तालिम सकियो

लम्कीमा संचालित ४ दिने जनपत्रकारिता तालिम सकियो

मंगलवार, फाल्गुण २३ २०७९
मंगलवार, फाल्गुण २३ २०७९
  • २३ फागुन,कैलाली । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले लम्कीमा संचालन गरेको आधारभूत पत्रकारिता तालिम मंगलवार सकिएको छ । फागनु २० गते देखि सुरु भएको तालिममा समाचार,समाचार लेखन,समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा, रिपोर्ट लेखन,फिचर लेखन लगायतका विषयमा विद्यागत तालिम दिएको थियो ।

    तालिमलाई जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विकले सहजिकरण गरेका थिए । तालिमको मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । समापन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनिलले सम्वोधन गर्दै मिडिया विना कसैको पनि जनमत नहुने ठोकुवा गरे ।

    उनले जनताको बीचमा आफ्ना कुरा लिन मिडिया नै एक शक्तिशाली हतियार भएको वताए । स्थायी समिति सदस्य अनिलले हरेक चिजमा समाचार देख्ने व्यक्ति नै कुशल पत्रकार वन्ने वताउदै पत्रकारले समाचारको चुरो कुरा पत्ता लगाउन सिपालु हुनुपर्ने वताए । कार्यक्रममा तालिममा सहभागी झण्डै दुई दर्जन प्रशिक्षार्थीहरुलाई सक्रियतापूर्वक तालिममा भाग लिएकोमा धन्यवाद दिदै प्रमुख अतिथि अनिलले तालिम प्राप्त गरेको प्रमाणपत्र समेत हस्तान्तरण गरे ।

    कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले पत्रकारिता तालिम आफैमा एउटा महत्वपूर्ण कार्य भएको भन्दै यसले तल देखि माथिसम्म मिडियाको कार्यमा जोडिन सहज भएको वताए ।

    कार्यक्रममा अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्यहरु प्रकाश हिमशिखर, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्मा , जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, कैलाली पूर्वी जिल्ला सचिव दिल वहादुर सी, लम्कीचुहा नगर कमिटीका इन्चार्ज प्रदिप लगायतको सहभागीता रहेको थियो । समापन कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशका संयोजनक धिरजले गरेका थिए भने संचालन गणेश एसकेले गरेका थिए ।
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij