२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--5273

आईसीसी विश्वकप लिग – २ : नेपाल युएईसँग अन्तिम खेल खेल्दै

आईसीसी विश्वकप लिग – २ : नेपाल युएईसँग अन्तिम खेल खेल्दै

सोमवार, फाल्गुण २२ २०७९
सोमवार, फाल्गुण २२ २०७९
  • बुटवल । जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दै छ।

    दुबई इन्टरनेशनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।

    नेपाल र युएईले एक अर्का विरुद्ध खेल्दा दुवैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो ।

    अंक तालिका अनुसार युएई पाँचौँ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौँ स्थानमा उक्लिनेछ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij